बैतडी-बैतडीको मेलौलीमा एक फेन्सी पसलमा आगलागी हुँदा लाखौं रुपैयाँको सामान जलेर नष्ट भएको छ । मेलौली नगरपालिका ६ का राम दत्त भट्ट्ले लामालेक बजारमा संचालन गर्दै आएको महारुद्र फेन्सी पसल एण्ड आटा चक्कीमा आगलागी हुँदा कपडा लगायतका लाखौंको धनमाल जलेको प्रहरीले जनाएको छ।
आगलागीबाट पसलको डेकुरेशन, फेन्सी आइटम खुद्रा समान लगायतका सामग्रीहरु जलेर नस्ट भएको इलाका प्रहरी कार्यालय त:स्व देहीले जनाएको छ ।
आगलागीको कारण खुल्न नसकेपनि विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने इलाका प्रहरी कार्यालय मेलौलीका प्रहरी नायब निरिक्षक (सइ)नरेन्द्र बहादुर चन्दले जानकारी दिनुभयो ।
सोमबार करिव ११:३० बजेको समयमा आगलागी भएको हो । क्षतिको भने सम्पूर्ण विवरण आउन बाकी छ ।