अवरुद्ध पाटन -पञ्चेश्वर सडक सुचारू

बैतडी-पहिरोले अवरुद्ध भएको बैतडीको पाटन-पञ्चेश्वर सडकखण्ड सुचारू भएको छ।उक्त सडकखण्डको अर्तोला भन्ने ठाउँमा आज बिहान ७ बजे पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।

अवरुद्ध सडक अपरान्हपछि सुचारू भएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिनुभयो।डिभिजन सडक कार्यालयको जेसीबीले पहिरो पन्छाएपछि अपरान्ह ४ बजेपछि सडक पुर्ण रूपमा सुचारू भएको हो ।सडक सुचारू भएसंगै तल्लोस्वराडबाट बाहिरिने र भित्रिने सवारी तथा यात्रु आ-आफ्नो गन्तव्यतर्फ लागेका प्रहरीले जनाएको छ।

Leave A Reply

Your email address will not be published.