प्रदेश स्तरीय हाजिरी जवाफमा प्रथम विद्यार्थीलाई मणिलेक क्याम्पसद्धारा बधाई

बैतडी : मणिलेक बहुमुखी क्याम्पसले बिद्यार्थीलाई बधाई तथा नगद सहित सम्मान गरेको छ। क्ञ्चनपुरमा सम्पन्न सुदूरपश्चिम प्रदेश स्तरीय हाजिरी जवाफ प्रतियोगितामा प्रथम स्थान आउने आफ्ना विद्यार्थीलाई सम्मान गरेको क्याम्पसले जनाएको छ।

सुदूरपश्चिम विश्वविद्यालयको भ्वाइस अफ युनिभर्सिटीले आयोजना गरेको प्रतियोगितमा मणिलेक बहुमुखी क्याम्पसको टिम प्रथम स्थान आएको थियो। टिममा नवराज भट्ट, बिकाश भट्ट र अनिल साउद रहेका थिए।

शुक्रबार क्याम्पसमा आयोजना गरिएको बधाई तथा सम्मान कार्यक्रममा तिनै जनालाई एक–एक हजारका दरले नगद सहित सम्मान गरिएको जनाईएको छ। मङ्गलबारबाट सुरु भएको प्रतियोगिता बुधबार सम्म चलेको थियो।

प्रतियोगितामा कैलालीको कैलाली बहुमुखी क्याम्पसले द्वितीय स्थान प्राप्त गरेको छ। तृतीय स्थान कैलालीकै सुदूरपश्चिमाञ्चल क्याम्पसले प्राप्त गरेको छ। प्रतियोगितामा सुदूरपश्चिमका ४ जिल्लाबाट २२ टिमको सहभागिता रहेको थियो।

प्रतियोगिताको प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्न सफल विद्यालहरूलाई क्रमश ५५ हजार ५ सय ५५, २२ हजार २ सय २२, ११ हजार १ सय ११ नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिएको आयोजकले जनाएको छ।

Leave A Reply

Your email address will not be published.