बैतडी : गंगेश्वर देवालयको मन्दिरमा शिवमूर्ती चढाईने भएको छ। मेलौली नगरपालिका-०८ कोटिगाँउमा रहेको हिन्दु धर्मका आराध्यदेव शिवरुपी गंगेश्वर देवालयको मन्दिरमा शिवमुर्ती चढाईने भएको छ।
समाजिक सञ्जाल (फेसवुक) मार्फत आर्थीक सकंलन अभियान सञ्चालन गरेर शिवमुर्ती चढाईन लागेको अभियन्ता डम्बर ठगुन्नाले बताउनुभयो। करिव नौ दशँ महिनासम्म आर्थिक संकलन अभियान सञ्चालन गरेर शिवमुर्ती खरिद गरिएको बताउनुभयो।
भारतको राजस्थान राज्यको कोकसमा तयार पारिएको मुर्ती सवा पाँच फिट उचाई र ६ क्विन्टल तौलको रहेको छ। करिव तिन लाँख रुपैयाँ नेपालीमा तयार पारिएको शिवमुर्मी विहीवार मात्रै भारतबाट कोटिगाँउ पुर्याईएको छ।
शिवमुर्तीलाई नवरात्राको अवसर पारेर यहि असोज १७ गते मन्दिर प्रवेश गराईने छ। अहिले मुर्तीलाई गाउँमा राखिएको छ।
शिवमुर्ती स्थापनाको लागि सञ्चालन गरिएको अभियानको आयव्यय पछि सार्वजनीक हुने अभियन्ता ठगुन्नाले बताएका छन। केहि कामको अझै व्यवस्थापन गर्न बाकि रहेकाले आर्थीक संकलन अभियान जारी नै रहेने समेत उनले बताएका छन।