बैतडी-मेलौली नगरपालिका वडा न-७ काँडा स्थित मणिलेक मा.वि काँडाले अन्तर माध्यमिक विद्यालय हाजिरी जवाफ प्रतियगिता सम्पन्न भएको छ। मेलौली नगरपालिका भित्रका माध्यामिक विद्यालयहरुको सहभागीतामा कार्यक्रम सम्पन्न भएको प्रधानाध्यापक देव दत्त कलौनीले बताउनुभयो ।
विद्यार्थीहरुको बौद्धिक विकासको लागी नमुना विद्यालय विकास कार्यक्रम अन्तरगत शैक्षिक तथा ब्यबस्थापकिय गुणस्तर सुधार आयोजना अनुरुप विद्यालयले प्रतियोगिता सम्पन्न गरेको प्रधानाध्यापक कलौनीले बताउनुभयो ।प्रतियोगिताबाट मणिलेक नमुना मावि काँडा प्रथम भएको छ ।यसैगरि धर्मघर मावि सलेना द्धितिय,शीतलपुर मावि तृतीय , र दुर्गा मावि खलिगाडले सान्त्वना स्थान हासिल गरेको छ ।
प्रतियोगितामा प्रथम,द्धितिय,तृतीय र सान्त्वना स्थान प्राप्त गर्ने विद्यालय लाई प्रमाणपत्र समेत प्रदाज गरिएकोे जनाएको छ।्प्रतियोगितामा मेलौली नगरपालिकाका जम्मा बाह्र वटा माद्यमिक विद्यालयहरु सहभागी रहेका थिए ।आफ्नो विद्यालयले विध्यार्थीहरुलाई लक्षित गर्दै विध्यार्थीहरुको बौद्धिक क्षमता बढाउने, नेतृत्व विकास गराउने, सचेतना जगाउने जस्ता बालबालिका लक्षित विविध कार्यक्रमहरु गर्दै आइरहेको भन्दै माध्यमिक तहका विध्यार्थीहरुलाई ज्ञान अभिवृद्धि गर्ने र सामान्य ज्ञानमा आधारित बौद्धिक ज्ञानको स्तर मापन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको प्रधानाध्यापक देव दत्त कलौनी जानकारी दिनुभयो ।
विध्यार्थीहरु देशका भविष्यका कर्णधार भएकोले उनीहरुको बौद्धिक क्षमता पनि बढाउन आवश्य रहेको भन्दै विध्यार्थीहरुको बौद्धिक क्षमता बढाउन नगरपालिकाले माध्यामिक र आधारभुत विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता निवन्ध प्रतियोगिता सास्ंकृतिक कार्यक्रमको आयोजना गर्ने गरेको मेलौली नगरपालिकाका नगर प्रमुख भीम बहादुर चन्दले बताउनुभयो ।
यसैगरि मणिलेक माविका विव्यस अध्यक्ष केशव सिंह भाटको अध्यक्षतामा भएको समापन कार्यक्रममा नगर प्रमुख भीम बहादुर चन्द प्रमुख अतिथि थिए । भने विशिष्ट अतिथीमा उप प्रमुख पार्वती बोहोरा विष्ट,वडा न ९ का वडा अध्यक्ष लोक राज भट्ट,वडा न ७ का वडा अध्यक्ष रामचन्द्र भट्ट रहेका थिए । मेलौली नगरपालिका शिक्षा शाखाका प्रतिनिधी महेन्द्र सिंह नायक लगायत विभिन्न विद्यालयका प्रतिनिधि शिक्षक शिक्षिकाहरुको समेत उपस्थिति रहेको थियो ।