बैतडी-बैतडीको मेलौली नगरपापालिकामा विद्यालयहरुको शैक्षिक गुणस्तर सुधार नगरपालिकामा रहेका सबै सामुदायिक विद्यालयहरुका विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र जनप्रतिनिधीहरुको उपस्थितिमा अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।उक्त कार्यक्रममा नगरपालिकाका ९ वटै वडाका विद्यालयहरुको शैक्षिक अवस्था र समस्याका बारेमा छलफल गरिएको शिक्षा शाखामा कार्यरत कम्प्युटर अपरेटर महेन्द्र् सिंह नायकले बताउनुभयो ।
कार्यक्रमका सभाध्यक्ष तथा नगरपालिकाका नगर प्रमुख भीम बहादुर चन्दले जनप्रतिनिधिहरुको कार्यकाल ५ वर्षको मात्र भएपनि शैक्षिक क्षेत्रमा कार्यरत शिक्षकहरुको कार्यकाल जीवनपर्यन्त भएकाले आफ्नो गाउँघरलाई योगदान गर्ने कार्यमा शिक्षकहरु र विव्यस अध्यक्षहरु उत्तिकै जिम्मेवार हुनुपर्नेकुरा बताउनुभयो ।
कार्यक्रममा बोल्दै पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दले अभिभावक बढी जिम्मेवार हुनुपर्ने, र परिमार्जित पाठ्यक्रम अनुसार शिक्षकहरुले बढदो प्रविधिको प्रयोग गरेर पठन पाठन गर्न सके शिक्षा क्षेत्रमा सुधार ल्याउन सकिने बताउनुभयो।
उनले समय समयमा शिक्षक,विद्यार्थी, अभिभावक, विव्यसका पदाधिकारी भेला गरेर प्रत्यक्ष भेटघाट हुने वातावरण तयार भए पनि शैक्षिक गुणस्तरवृद्धिमा टेवा पुग्ने विस्वास व्यक्त गर्नुभयो ।
सामुदायिक विद्यालयहरूलाई उत्कृष्ट बनाउनका लागि विव्यस अध्यक्ष,अभिभावक शिक्षक र विद्यार्थीहरू बीच समन्वय गरि निरन्तर छलफल चलाउनु पर्ने र सबैले दायित्व बुझ्नुपर्ने समाजिक विकास समिति संयोजक लोक राज भट्टले बताउनुभयो ।
नगरपालिकाका नगर शिक्षा शाखा प्रमुख मनु कुमारी क्षेत्रीले सबैले आ–आफ्नो जिम्मेवारीलाई इमान्दारीतापूर्वक निर्वाह गररे सामुदायिक विद्यालयहरूको मुहार फेर्न सकिने र सम्पूर्ण विद्यालयहरूलाई नयाँ ढंग र सोचका साथ समुदायको मन जितेर अगाडि बढन सम्पूर्ण विद्यालयहरूलाई आग्रह गर्नुभयो ।साथै मेलौली नगरपालिका भित्रका सामुदायिक विधालयहरुको समग्र सिकाई उपलब्धीको बारेमा जानकारी गराउनु भएको थियो ।
मेलौली नगरपालिका वडा नं ७ का अध्यक्ष रामचन्द्र भट्टले सबैले आ–आफ्नो तह र तप्काबाट हातेमालो गर्दै शिक्षा क्षेत्रमा गरिने काममा आफू सदैब लागि पर्ने बताउनुभयो ।
कार्यक्रममा उपस्थित अधिकाशं विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुले सामाजिक कार्य गर्न आउनेहरू राजनीतिक पक्षबाट माथि उठेर सेवाको भावना र इच्छा शक्तिका साथ काम गर्नुपर्ने भनाई थियो।
कार्यक्रममा बोल्ने बक्ताहरुले खेलकूद सामग्री उपलब्धता र कम्प्यूटरको अधिकतम उपयोगमा बालबालिकालाई अवसरहरू सिर्जना गर्नुपर्ने सुझाव राख्नुभयो ।
नगर प्रमुख भीम बहादुर चन्दको सभाध्यक्षतामा भएको कार्यक्रममा उप प्रमुख पार्वती बोहरा विष्ट,निमित्त कार्यलय प्रमुख मोहन सिंह भाट कार्य वाहक वडा अध्यक्ष र विव्यस अध्यक्ष र अन्य सरोकारवालाहरुको समेत सहभागिता रहेको थियो । कार्यक्रमको सन्चालन शिक्षा शाखामा कार्यरत कम्प्युटर अपरेटर महेन्द्र सिंह नायकले गरेका थिए ।
Comments are closed.