बैतडी: शिवनाथमा बजार अनुगमन गरिएको छ। गाउँपालिका उपाध्यक्ष सकुन्तोला साउँदको संयोजकत्वमा वडा न २, ३ र ४ मा बजार अनुगमन गरिएको छ।
अनुगमनको क्रममा बिभिन्न व्यवसाय गरिरहेका व्यसाहिहरुबाट अखाद्यवस्तु बरामद गरि नष्ट गरिएको गाउँपालिका उपाध्यक्ष साउँदले बताउनुभयो। करिव २४ हजार ५३१ मुल्य बरावरको अखाद्यवस्तु बरामद गरि नष्ट गरिएको जनाएको छ।
अनुगमनमा गाउँपालिका उपाध्यक्ष साउँद, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय बैतडीका कार्यालय प्रमुख ललित कठायत, शिवनाथ गाउँपालिका अधिकृत हर्षराज भट्ट, घरेलुका लक्ष्मण कुमार साउँद र प्रहरी चौकी सुल्लेखानका प्रहरी सहायक निरिक्षक धन सिह धामीको सहभागिता रहेको थियो।