बैतडी -मेलौली नगरपालिका–१ हरिचनस्थित आधारभूत स्वास्थ्य केन्द्रमा लागेको ताला खुलेको छ। आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापनाका लागि जग्गा दान गरेका परिवार
र वडा नगरपालिकाको कार्यालयबीच समस्या समाधानका लागि हल गर्ने सहमति भएपछि तालाबन्दी खोलिएको वडा न-१ का वडा अध्यक्ष सरद सिंह नेगीले बताउनुभयो ।
२०७६ सालमा आधारभूत स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि अढाई रोपनी जग्गादान गरेका जग्गा उपलब्ध गराउँदा परिवारको एकजनालाई रोजगारी दिने सम्झौता गरिएको थियो ।सोही सम्झौता अनुसार बुधबार आफुलाई व्यवस्थापन गर्ने सहमती भए पछि स्वास्थ्य सेवा केन्द्रमा लगाएको ताला खोलेको हरिराम लुहारका छोरा देव राम लुहारले बताउनुभयो ।
ताला खुलेसँगै अब स्वास्थ्य सेवा केन्द्रमा काम गर्न सहज हुने केन्द्रकी प्रमुख अनमी सीता बिष्टले जानकारी दिइन ।
आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापनाका लागि जग्गा दान गरेका परिवारले असोज ८ गते ताला लगाएको थियो ।