क्यान्सर पिडित कमला महताको उपचारमा आर्थीक संकट, सहयोगको अपिल

बैतडी: विगत दुई महिनादेखी क्यान्सरसगं लडिरहेकि कमला महताको उपचारमा आर्थीक संकट आएको छ। बैतडीको शिवनाथ गाँउपालिका–०२ सुनकोट निवासी एवं हाल कञ्चनपुरको दोधरा चाँदनी नगरपालिका-३ बस्ने महताको उपचारमा आर्थीक समस्या भएको अभियान्ता डम्बर ठगुन्नाले बताउनुभयो।

घरको आर्थीक अवस्था कमजोर भएकाले कमलाको उपचारमा सहयोग गरिदिन आग्रह गरिएको छ। कमलाको हाल सिभिल सर्भिस अस्पताल मिनभवन काठमाडौंमा भईरहेको छ।

कमलाको उपचारको लागि अभियान्ता ठगुन्नाले आर्थीक सकंलन अभियान सञ्चालन गरेका छन। सामाजिक सञ्जाल मार्फत सञ्चालन गरिएको अभियानमा जोडिन हुन उनले आग्रह गरेका छन।

No description available.

 

Leave A Reply

Your email address will not be published.