बैतडी : नेविसंघ बैतडीले भोलि चियापन कार्यक्रम गर्ने भएको छ। विजयादशमी तथा शुभ दीपावलीको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ।
शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम सदरमुकामस्थित नेपाली कांग्रेसको पार्टी कार्यालय गोठलापानीमा राखिएको नेविसंघ बैतडीका सहसचिव रोशन भट्टले जानकारी दिनुभयो।
कार्यक्रममा पार्टीका नेतागण,सुभेच्छुक तथा भातृसंस्थाका प्रतिनिधि, पार्टीबाट निर्वाचित जनप्रतिनिधि लगायतको उपस्थिति रहने नेविसंघ बैतडीका अध्यक्ष दीपेन्द्र ढुंगालले बताउनुभयो।