बैतडी: शिवनाथ गाउँपालिका–०२ मा रहेको नागार्जुन मन्दिरको भौतिक संरचना मर्मतसम्भारको अभावमा जीर्ण बन्दै जान थालेका छ। करिब ६–७ दशक अगाडी स्थानीयद्धारा निमार्ण गरिएको नागार्जुन मन्दिरको भौतिक संरचना पछिल्लो समय जिर्ण बन्दै गएको छ।
आर्थिक अभावका कारण मन्दिरको पुनर्निर्माण गर्न नसक्दा भौतिक संरचना जिर्ण बन्दै गएको रास्वपा प्रवास भारत माहारास्ट्र राज्य संगठन उपसभापती प्रकाश साउदले बताउनुभयो। मन्दिरको छत र पुराना ऐतिहासिक खम्वा जिर्ण बन्दै गएको उहाले बताउनुभयो।
जिर्ण अवस्थामा रहेको मन्दिरको पुनर्निर्माण लागि यतिबेला आर्थीक संकलन अभियान समेत सञ्चालन गरिएको छ। रास्वपा प्रवास भारत माहारास्ट्र राज्य संगठन उपसभापती साउदको नेतृत्वमा समाजीक सञ्जालबाट अभियान सञ्चालन गरिएको छ।
अभियानमा सहयोग गरिदिन स्थानीय सरकार सहितका दातृ निकायलाई अभियन्ता साउदले आग्रह गर्नुभएको छ। मन्दिरलगायत अन्य धार्मिक आस्थाका भौतिक संरचना मर्मत–सम्भार नगरिए दुर्घटना निम्तिन सक्ने भएकोले आर्थीक सहयोग आग्रह गरिएको छ।