धनगढी-दार्चुलामा लागुऔषधसहित एक होटल सञ्चालक पक्राउ परेका छन्।
जिल्लाको महाकाली नगरपालिका–४ राधाकृष्ण चोकबाट लागूऔषध सहित दुँहु गाउँपालिका–२ हिकिलाका ४४ वर्षीय कलमसिंह डडाल आइतबार पक्राउ परेका हुुन्।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार कलमसिंह डडालले संचालन गरेको पारस वियर वार एण्ड फाष्ट फुड होटलबाट ५३.ग्राम र डडालको विधानगर टोल स्थित घरबाट थप १०.४६ मिलिग्राम गरि कुल ६३।८६ ग्राम लागुऔषधसहित डडाललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।