बझाङमा भलिबल प्रतियोगिता हुँदै

बझाङ-बझाङ सदरमुकाम चैनपुरमा लाग्ने जिल्लाको सबै भन्दा ठुलो ऐतिहासिक तथा पर्यटकीय सुर्मा देवी मेला ९सिलदेवी० को अवसरमा भलिबल प्रतियोगिता हुने भएको छ। बझाङ उद्योग वाणिज्य सङ्घले आयोजना गरेको ‘चौथो उद्योग वाणिज्य कप २०८१’ लागि सम्पूर्ण तयारी पुरा भएको आयोजकले पत्रकार सम्मेलन गरेर जानकारी गराएका छन्।

प्रतियोगिता कात्तिक १ गते सुरु हुनेछ। पुरुष भलिबल प्रतियोगिताको प्रथम पुरस्कार दुई लाख दुई हजार ८१ रुपियाँ, द्वितीयतर्फ एक लाख दुई हजार ८१ रुपियाँ, तृतीय पुरस्कार ५२ हजार ८१ रुपियाँ र सान्त्वना पुरस्कार १२ हजार ८१ रुपियाँ राखिएको थियो।

त्यसैगरी महिला भलिबलतर्फ प्रथम पुरस्कार एक लाख दुई हजार ८१ रुपैयाँ, द्वितीयतर्फ ५२ हजार ८१ रुपियाँ, तृतीय पुरस्कार २२ हजार ८१ रुपियाँ र सान्त्वना पुरस्कार पाँच हजार रुपियाँ रहेको बझाङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष दानबहादुर सुर्मेलीले बताए।

Leave A Reply

Your email address will not be published.