जातीय विभेद अन्त्यको लागि समावेसीमुलक धार्मिक अनुष्ठानको आयोजना गरिदै

बैतडी-जातीय विभेद अन्त्यको लागि समावेशीमुलक प्रयोगात्मक धार्मिक अनुष्ठान तथा बिज्ञ गुरुहरुबाट प्रबचन र महायज्ञ कार्यक्रमको आयोजना गरिने भएको हो ।गण्डकी प्रदेशको पोखरामा रहेको कास्कीको केदारेश्वर मन्दिरमा यही कार्तिक २ र ३ गते विश्वकर्मा समाजको आयोजनामा समावेशीमुल धार्मिक अनुष्ठानको आयोजना गरिने भएको छ ।

दुई दिनको कार्यक्रममा ५१ जना समावेशी मुलकका पण्डितहरुबाट समावेशी मुलक प्रयोगात्मक कार्यक्रम जसमा बिधिवत पुर्बाङ्ग, अग्निस्थापन, जपहवन, तर्पण मार्जन, ब्राह्ण भोजन, सिल्पी समुदायबाट प्रमुख यजमान, बेदपाठ, गायत्री मन्त्र दिक्षा, एकाह श्रीमदभागवत महापुरणपाठपारायण, चारबेदपाठ, लघुरुद्राभिषेक, नबचण्डी आदी अलौकिक कार्यक्रमको आयोजनामा सम्पुर्ण हिन्दु संगै चार सय भन्दा बढी दलित समुदायका व्यक्तीलाई समावेश गराईने छ।

यस्तै यस कार्यक्रममा सामुहीक सवा लाख दीपप्रज्वलन लगायतका हिन्दु धर्मसँग सम्बन्धीत सम्पूर्ण कार्यक्रम समाबेस हुने ज्योतिषी पण्डित गणेश प्रसाद पन्तले बताएका छन् । संकल्पकर्ता जातीय विभेद अभियान्ता राजेन्द्र भुषाल, संकल्पकर्ता श्रीहरी विश्वकर्मा लगायतको समुहले यो कार्यक्रमको आयोजना गर्न लागेको हो । कार्यक्रम संयोजक लक्ष्मण रसाईली रहेका छन् भने संकल्पकर्ताद्वय श्रीहरी बिश्वकर्मा र राजेन्द्र भुसाल, सल्लाहकार संस्कार शिरोमणी ज्योतिषी पण्डित गणेश प्रसाद पन्त पञ्चाङ्गकार, प्र्रचारप्रसारक आचार्य कृष्ण बहादुर दमाई (कञ्चनपुर)र सुमित्रा मिश्र (रुपन्देही,बुटवल) रहेका छन् ।

यस्तै प्र्रचारप्रसारक मातृशक्ति बिभाग गण्डकी प्रदेश परिवार र बिश्व हिन्दु महासंघ नेपाल गण्डकी प्रदेश रहेको छ । ब्राम्हण, क्षेत्री, बैश्य, सुद्रका व्यक्तिहरुको सामुहिक सहभागिता गराइने बताइएको छ । देशभरीका गुरुकुलहरुमा सिल्पी समुदायका लगायत सम्पुर्ण हिन्दु धर्मावलम्बीका बालबालिकाहरुलाई संस्कृत तथा कर्मकाण्ड अध्यायन गराइने र जातीय विभेदको अन्त्यको लागि आश्यक कार्यक्रम गराइने ज्यातिषाचार्य पन्तले जानकारी दिनुभयो ।

यो कार्यक्रम भव्यसभ्य र सफलतापुर्वक हर्षोल्साका साथ मनाउन आग्रह गरिएको छ ।

Leave A Reply

Your email address will not be published.