मेलौलीका क्यान्सर पीडित भाट्को उपचारमा आर्थीक अभाव

बैतडी : मेलौली नगरपालिका–०४ तितावै भाटीगाउँका सुरेन्द्र सिह भाटको उपचारमा आर्थीक अभाव भएको छ। कलिलो उमेरमै क्यान्सरबाट पीडित भाट्को उपचारमा आर्थीक अभाव भएको स्थानीय अंगद चन्दले बताउनुभयो।

दुई वर्ष पहिला खुट्टका औला सुन्निने र दुख्ने समस्या भएका भाट्को चेकजाँच गर्दा क्यान्सर देखिएको चन्दले बताउनुभयो। विगत ६/७ वर्षदेखी गाडी चलाउदै आएका भाट्को खुट्टामा क्यान्सर हुदा परिवार चिन्तामा रहेका छन।

पारिवारीक अवस्था निकै कमजोर भएका भाट्लाई आर्थीक संकट देखिएको छ। हाल बरेलीमा उपचार गराई रहेका भाट्को उपचारका लागि आर्थीक अभाव भएकाले सहयोग गरिदिन आग्रह गरिएको छ।

समाजीक सञ्जाल मार्फत भाट्को उपचारको लागि आर्थीक संकलन अभियान समेत सञ्चालन गरिएको छ। अभियन्ता धनविर सिह भण्डारीको नेतृत्वमा अभियान सञ्चालन गरिएको छ।

अभियानमा जोडिएर सहयोग गरिदिन अभियन्ता भण्डारीले आग्रह गर्नुभएको छ। सहयोग गर्नका लागि तल दिएका खाता नम्बरहरुमा सहयोग गर्न सकिने छ।

Leave A Reply

Your email address will not be published.