बैतडी-प्रदेश स्तरीय वार्षिक समीक्षामा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौली दोस्रो भएको छ ।सुदूरपश्चिम प्रदेश सरकार स्वास्थ्य निर्देशनालयले आयोजना गरेको ‘आर्थिक वर्ष २०८०र८१ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको प्रदेश स्तरीय स्वास्थ्य कार्यक्रमहरुको एकीकृत बार्षिक समीक्षा गोष्ठी कार्यक्रममा अवसरमा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलींलाई सम्मान गरेको हो ।
गत आवमा सम्पादित स्वास्थ्य कार्यक्रमहरू तथा सेवा प्रवाह आदि मुख्य मुख्य सूचकहरूको आधारमा मूल्याङ्कन गर्दा जिलल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, मेलौली बैतडीले सुदूरपश्चिम प्रदेशमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रहरू मध्ये दोस्रो स्थान प्राप्त गरेको निमित्त कार्यालय प्रमुख हिकमत बहादुर चन्दले बताउनुभयो ।
आयुर्वेद स्वास्थ्य केन्द्रमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको अथक मेहनत र परिश्रमले स्वास्थ्य केद्रले दास्रो स्थान हाँसिल गरेको उनले बताउनुभयो ।
सम्पूर्ण आयुर्वेद औषधालय तथा प्रत्यक्ष, अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्ण महानुभावहरुलाई केन्द्रले धन्यवाद एवं आभार प्रकट गरेको छ ।