दार्चुलामा भिरबाट खसेको ढुुङ्गा लागेर एक जना घाइते

दार्चुला-दार्चुलामा भिरबाट खसेको ढुुङ्गा लागेर एक जना घाइते भएका छन्।

जिल्लाको महाकाली नगरपालिका–१ धम्पन्यारमा खरबारिमा घाँस काट्ने क्रममा भिरबाट खसेको ढुुङ्गा लागेर ३५ वर्षीय एक पुरुष घाइते भएको प्रहरीले जनाएको छ।

घाइतेको जिल्ला अस्पताल दार्चुलामा सामान्य उपचारपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ।

Leave A Reply

Your email address will not be published.