बैतडीमा कोभिड–१९विरुद्धको खोप लगाइने,कुन पालिकामा कहिले?

बैतडी-बैतडीमा कोभिड–१९ विरुद्धको फाइजर खोप लगाइने भएको छ ।यही कार्तिक ९ गते शुक्रबारदेखि जिल्लाका पालिकाहरुमा खोप अभियान सञ्चालन गरिने भएको हो । स्वास्थ्य कार्यालय बैतडीका अनुसार कोभिड १९को आनुवाशींक स्वरुप परिवर्तन गरेर संंसारभर फैलिरहेका हुनाले खोप अभियान सञ्चाल गरिन लागिएको हो ।

९ गते शुक्रबार देखि १३ गतेसम्म जिल्लाको पुर्चौडी नगरपालिकामा खोप अभियान सञ्चालन गरिने भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिकामा ९ गतेदेखि १४ गतेसम्म खोप अभियान सञ्चालन गरिने छ ।

कार्तिक ११ गते र १२ गते जिल्लाको मेलौली नगरपालिका तथा पञ्चेश्वर गाउँपालिका र सुर्नया गाउँपालिकामा खोप अभियान सञ्चालन गरिन लागिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।कार्तिक २६ र २७ गते जिल्लाको पाटन नगरपालिका तथा शिवनाथ, सिगास र डिलासैनी गाउँपालिकामा खोप लगाइने छ ।कार्तिक २७ र २८ गते दशरथचन्द नगरपालिकामा खोप अभियान कार्यक्रम सञ्चालन गरिने छ ।१२ वर्ष वा सो भन्दा माथिका पहिला कोभिड–१९ खोप नलिएका सबैलाई खोप लगाइनेछ।

यसैगरी १२ वर्ष वा सो भन्दा माथिका पहिला कोभिड–१९ खोप लगाएको भएमा उक्त खोप लगाएको १२ महिनापछि खोप लगाउन सकिने बताइएको स्वास्थ्य कार्यालय बैतडीका खाप सुपरभाइजर निरीक्षक हरिश प्रशाद भले जानकारी दिए ।

विश्वभरी कोरोना भाइरसले जेनटिन परिवर्तन गरिरहेको र संक्रमण दर बढ्दो अवस्थामा रहेको हुदा यसको जोखिम न्युनिकरणको लागि सरकारले फाइजर खाप अभियान सञ्चालन गरेको खोप सुपरभाइजर निरीक्षक भट्टले जानकारी दिए ।
कोरोना बिरुद्धको खोप िअभियानका लागि जिल्लामा १४ हजार ४०० डोज आएका छन् ।

सबै डोजहरु लगाउने तयारी भइरहेको स्वास्थ्य कार्यालयले जनाएको छ । वडामा रहेका आधारभूत स्वास्थ्य सेवा केन्द्रले निर्धारण गरेका खोप केन्द्रमा यो सेवा सुचारु गरिने छ ।

Leave A Reply

Your email address will not be published.