मेलौलीको राईजिङ एट सोसाईटी संस्था जिल्ला प्रशासनमा दर्ता, समाज परिवर्तनको लक्ष्य

बैतडी: मेलौली नगरपालिका–०८ कोटिगाउँमा गठन भएको राईजिङ एट सोसाईटी नामक संस्था जिल्ला प्रशासन कार्यालय बैतडीमा दर्ता भएको छ। वडा र नगरपालिका हुदैँ जिल्ला प्रशासनमा दर्ता भएको अध्यक्ष शम्भु सिह बिष्टले बताउनुभयो।

आवश्यक्ता अनुसार नेपालभरी र बिशेष गरेर बैतडीमा कार्य गर्ने उदेश्यले स्थापना भएको संस्था जिल्ला प्रशासनमा दर्ता गर्न सफल भएको अध्यक्ष बिष्टले बताउनुभयो। मुनाफारहित उदेश्यले स्थापना गरिएको संस्थाले समाज परिवर्तन र जनहितकारी काम गर्ने उहाले बताउनुभयो।

वडा, पालिका र अन्य सरोकारवाला निकायसगं सहकार्य गरी समाजका सकारात्मक परिवर्तन गरी जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिने अध्यक्ष बिष्टले जानकारी दिनुभयो। बिशेष गरेर संस्थाद्धारा युवाको क्षमता अभिवृद्धि र सशक्तिकरणका गतिबिधि सञ्चालन हुने संस्थाका सचिव अनिल राम लुहारले बताउनुभयो।

संस्थाले समाजमा पछाडी पारिएका समुदायको अधिकारको पक्षमा, बातवरण सरंक्षण, दिगो विकास र ग्रामिण पर्यटनको बिकास गर्ने काम गरिने कोषाध्यक्ष जगदिश सिह ठगुन्नाले बताए। संस्कृतिक तथा ऐतिहासिक महत्व बोकेका क्षेत्रको प्रचारप्रशार र सामाजिक अपराध न्यूनीकरणमा भुमिका खेल्ने जनाईएको छ।

संस्थाले जिल्ला प्रशासनबाट आधिकारीता पाईसकेपछि वडा कार्यालयको सहकार्यमा छिट्टै एउटा कार्यक्रम हुने अध्यक्ष बिष्टले बताए। संस्थाका उदेश्यपूर्ती र समाज परिवर्तनको लक्ष्यमा ब्यक्तिगत तथा वडाबाट सक्ने सहयोग र पहल गर्ने वडाध्यक्ष तपेन्द्र सिह बिष्टले बताउनुभयो।

 

Leave A Reply

Your email address will not be published.