बैतडीमा तीन बर्षको अवधिमा सडक दुर्घटनामा परेर ३८ जनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न स्थानमा भएका दुर्घटनामा तीन बर्षको अवधिमा ३८ जनाको ज्यान गएको छ भने १ सय ३ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुंगानाले जानकारी दिए।
बढी जसो ग्रामीण कच्ची सडकमा दुर्घटना हुने गरेको पाइएको प्रहरी निरीक्षक ढुंगानाले बताए। मापसे गरेर सवारी साधन चलाउनु, तीव्र गतिमा सवारी साधन चलाउनु,सडकको स्तर राम्रो नहुनु लगायतका कारणले सडक दुर्घटना हुने गरेको प्रहरी निरीक्षक ढुंगानाले जानकारी दिए।
बैतडीमा आर्थिक बर्षमा २०७८/७९ मा सडक दुर्घटनामा परेर १५ जनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका थिए । यस्तै आर्थिक बर्ष २०७९/८० मा १४ जनाको मृत्यु भएको थियो भने ६६ जना घाइते भएका थिए ।
यस्तै गत आर्थिक बर्ष २०८१/८१ मा ७ जनाको मृत्यु भएको प्रहरी तथ्यांक छ भने २५ जना घाइते भएका छन्। चालु आर्थिक बर्षको अहिलेसम्म सडक दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।