धनगढी-कैलालीमा पटाकासहित एक जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–८ धनगढीगाँउबाट धनगढी–२ सन्तोषी टोलका ४१ वर्षीय मिनबहादुर बुच्चामगर पटाकासहित पक्राउ परेका हुन्।
सुदूरपश्चिम प्रदेश ०१–००१ ज १४८२ नम्बरको कारमा १ लाख ४ हजार ३४० मुल्यको ३ कट्टा पटाका ल्याउँदै गरेको अवस्थामा मगरलाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको हो। उनी विरुद्ध बिष्फोटक पदार्थ ऐनअनुसार मुद्दा दर्ता गरेर जिल्ला अदालत कैलालीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।