बैतडीमा किसानहरुलाई उन्नत जातको गहुँको बीउ वितरण गर्न लागिएको छ। कृषि ज्ञान केन्द्र र भूमिमा महिला कृषि सहकारी संस्थाको साझेदारी तथा दलित समाज विकास मञ्चको सहजीकरणमा किसानहरुलाई गहुँको बीउ वितरण गरिन लागिएको हो।
भूमिमा महिला कृषि सहकारी संस्थामा आवद्ध १२० जना महिला कृषकहरुलाई उन्नत जातको बीउ वितरणको काम थालिएको सहकारीकी अध्यक्ष सरस्वती नेपालीले जानकारी दिइन्।
शनिबार पहिलो दिन करिब ४० जना महिला किसानलाई गहुँको बीउ वितरण गरिएको र १२० जना महिला कृषकहरुलाई ५ केजीका दरले बिउ वितरण गरिने उनले बतइन्। पहाडी क्षेत्रको लागि उपयुक्त मानिएको डब्ल्यु के १२०४ जातको उन्नत जातको गहुँको बीउ वितरण भइरहेको कृषि ज्ञान केन्द्रका अधिकृत शंकर अवस्थीले जानकारी दिए । ६ क्वीन्टल मात्रै गहुँको बीउ रहेकाले उक्त सहकारी बाटै वितरण भइरहेको उनले बताए ।
गरिब, विपन्न वर्गका किसानहरुको लागि यो कार्यक्रम रहेको उनले बताए ।