बैतडीको पाटनमा जारी चौँथौ संस्करणको पाटन प्रिमियर लिगको सुपर सिक्सको खेलमा पञ्चेश्वर गाउँपालिकाले विशाल जित निकालेको छ। आज सम्पन्न खेलमा आयोजक पाटन क्रिकेट क्लबलाई ८० रनले हराउदै पञ्चेश्वरले सेमिफाइनलको दाबी समेत गरेको छ।
जितका लागि पाएको २१० रनको लक्ष्य पछ्याएको पाटन १७।२ ओभरमा १२९ रनमा समेटियो । उसका सुमित बुडालले ५२ रनको अर्धसतकीय पारी खेले । पञ्चेश्वरका हिक्मत महरा र दिनेश महराले ३र३ र विरेन्द्र नाथले २ विकेट झारे।
यसअघि श्रीकृष्ण मावि पाटनको खेलमैदानमा पहिला ब्याटिङ गरेको पञ्चेश्वरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा २०९ रन बनायो । जसमा वसन्त कार्की र विरेन्द्र नाथले अर्धसतकीय पारी खेले ।वसन्तले ९८ र विरेन्द्रले ५९ रन बनाए।
पाटनका निरज विष्टले २ विकेट हात पारे। पञ्चेश्वरका वसन्त कार्की खेलका प्लेयर अफ द म्याच चुनिएका स्कोरर तिलक बोहराले जानकारी दिनुभयो। पाटन क्रिकेट क्लबको आयोजनामा असोज ३० गतेदेखि शुरू भएको प्रतियोगितामा १७ टोलीको सहभागीता छ।
प्रतियोगिताको प्रथम पुरस्कार १ लाख २३ हजार ४५६ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष किरन चन्दले बताउनुभयो। द्वितिय पुरस्कार ५६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने क्रिकेट क्लबले जनाएको छ ।
यसैगरी म्यान अफ द सिरज वाफत १२ हजार ३४५ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ। बेस्ट बलर र ब्याट्सम्यानलाई पनि समान ६ हजार ७८९ नगदसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिने छ।
यसअघि पहिलो संस्करणको पाटन प्रिमियर लिग (पिपिए) क्रिकेटको उपाधि कैलपाल क्रिकेट क्लब जर्ग,दोस्रो भीमदत्त बहुप्राविधिक शिक्षालय ९बिडिपिआइ० र तेस्रो मेलौली नगरपालिकाले हात पारेको थियो।