पञ्चेश्वरको केदार आविले संस्कृति जोगाउन देउसी भैलो खेल्दै

बैतडी : पञ्चेश्वर गाउँपालिका–०४ लडागाउँमा रहेको केदार आधारभुत विद्यालयले देउसी भैलो खेल्ने भएको छ। संस्कृति जोगाउनका लागि विद्यालयले देउसी भैलो खेल्ने शिक्षक बिरेन्द्र भट्टले बताउनुभयो।

परम्परा जोगाउन र संस्कृतिका विषयमा थप ज्ञान बाढ्न यहि कार्तिक १६ गतेदेखी देउसी भैलो खेल्ने विद्यालयले जनाएको छ। हिन्दुहरुको दोस्रो ठुलो पर्व तिहारका अवसरमा विद्यालयले देउसी भैलो खेल्ने कार्यक्रम राखेको प्रधानाध्यापक हिराराम वड्ले बताउनुभयो।

देउसी भैलो पञ्चेश्वरका प्राय सबै ठाउँमा खेलिने जनाईएको छ। देउसी भैलो कार्यक्रममा सहभागि हुन सम्पूर्ण विद्यार्थीहरुलाई आग्रह गरिएको छ।

Leave A Reply

Your email address will not be published.