बैतडी : मेलौलीमा बेहोस हुने छात्राहरुको लागि मनोपरामर्श तालिम शुरु भएको छ। मणिलेक नमुना माध्यमिक विद्यालयको आयोजनामा आईतबारदेखी मनोपरामर्श तालिम शुरु गरिएको प्रधानाध्यापक देवदत्त कलौनीले बताउनुभयो।
विद्यालयमा कक्षा ६ देखी १२ सम्मका बेहोसी हुने समस्या देखिएका विद्यार्थी तथा अभिभावकहरुका लागि मनोपरामर्श तालिम शुरु गरिएको हो। मनोपरामर्श तालिम त्रिभुवन बिश्वविद्यालय केन्द्रिय क्याम्पस किर्तीपुरका मनोविज्ञान बिभागका मनोविद् बिनोद पौडेलद्धारा तालिम सञ्चालन भईरहेको विद्यालयले जनाएको छ।
यसैगरी त्रिभुवन बिश्वविद्यालय अन्तर्गत पञ्चकन्या क्याम्पसका मनोविज्ञान बिभागका डक्टर नरेन्द्र ठगुन्नाले पनि मनोपरामर्श तालिम दिईरहनु भएको छ। तलिम ३ तिनदिनसम्म सञ्चालन हुने प्रधानाध्यापक कलौनीले बताउनुभयो।
तालिमबाट बेहोसी समस्या देखिने छात्राहरुको समस्या न्यूनीकरण गरिने जनाईएको छ। बेहोसी हुने समस्या समाधान भई पठन-पाठन सुधार गर्न सकिने लक्ष राखिएको छ।
तालिममा बेहोसी हुने छात्राहरुसगैँ अभिभावक, शिक्षक, विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सघंका पदाधिकारीको सहभागिता रहेको छ।

