बैतडीमा बोकाले हान्दा भिरबाट लडेकी महिलाको मृत्यु

बैतडी -बैतडीमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको सुर्नया गाउँपालिका वडा नं–३ तडिगाँउकी ४५ वर्षीया पार्वती भट्टको सोमबार दिउँसो करिब १बजेतिर स्थानीय दोसिर भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको हो ।

सोमबार दिउँसो खर काट्न भनि खरबारीमा आएकी पार्वतीलाई एक्कासी छिमेकीको बोका आएर हान्दा उनि करीब ५सय मिटर तल भिरमा खसेकी थिईन।

बोकाले हानेर ५ मिटर तल खसेकि भट्टको घट्नास्थलमै मृत्यु भएको आफन्त समेत रहेका स्थानीय केशवराजभट्टले जानकारी दिनुभयो ।मृतक भट्टको घरमा श्रीमान, चार छोरा र चार छोरी छन् ।

तिहार सकिए लगत्तै भीरबाट लडेर पार्वतीको निधन भएपछि सिंगो तडिगाउँ शोकमा डुबेको छ ।

Leave A Reply

Your email address will not be published.