बैतडीको पञ्चेश्वरमा देउसी भैलोबाट उठेको रकमले विद्यालयको पर्खाल निमार्ण गरिने

बैतडी : पञ्चेश्वरमा देउसी भैलोबाट उठेको रकमले विद्यालयको पर्खाल निमार्ण गरिने भएको छ। गाउँपालिकाको वडा न ४ लगागाउँमा रहेको केदार आधारभुत विद्यालयले देउसी भैलो खेलेको रकमले विद्यालयको पर्खाल निमार्ण गर्ने शिक्षक बिरेन्द्र भट्टले जानकारी दिए।

विद्यालयले तिहारको बेला मौलीक संस्कृति जोगाउने उदेश्यले देउसी भैलो खेलेको विद्यालयका प्रधानाध्यापक हिराराम ओड्ले बताउनुभयो। देउसी भैलोबाट उठेको ४९ हजार ५०७ रुपैयाले विद्यालय पछाडी वर्षातको समयमा भत्केको पर्खाल निमार्ण गर्ने निणर्य भएको प्रधानाध्यापक ओड्ले बताए।

प्रायः देउसी भैलोबाट उठेको रकमले मनोरञ्जन गर्ने प्रवृत्तीको अन्त्यको लागि विद्यालयले पर्खाल निमार्ण गर्ने जनाईएको छ। यसले गर्दा समाजमा सकारात्मक भावनाको पनि विकास हुने विद्यालयले जनाएको छ।

केदार आधारभुत विद्यालयले विगत केहि वर्षदेखी निरन्तर देउसी भैलो खेल्दै आएको छ।

Leave A Reply

Your email address will not be published.