बैतडीको प्रसिद्ध मेलौली जात्राः आम्दानी सार्वजनीक, खर्च वाकि

बैतडी : बैतडी सहित सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध शक्तिपीठ मेलौली भगवती मन्दिरमा लागेको मेला (देहिजाँत) को आम्दानी सार्वजनीक गरिएको छ। कार्तिक शुक्ल चतुर्दशी र पूर्णिमाका दिन लागेको मेलाको मेलौली धार्मीक सेवा समितिले आम्दानी सार्वजनीक गरेको छ।

मेलाबाट ३ लाखँ ५६ हजार २ सय ६५ रुपैया कुल आम्दानी भएको मेलौली धार्मिक सेवा समितिले जनाएको छ। जसमध्ये स्टल र फुटकर व्यापारीबाट २ लाँख ८० हजार २२५ रुपैया, सेवा (स्या) दर्ताबाट ४१ हजार ९४० रुपैँया, फोटोग्राफी अनुमतीबाट २१ हजार रुपैँया, रोकटा युवा विकास समाजको तर्फबाट ११ हजार ९४९, दानपेटी मुल गेटवाट ११४८ रुपैँया आम्दानी भएको जनाईएको छ।

मेलामा भएको खर्च वितरण संकलनको काम भईरहेकाले खर्च विवरण केहि दिनमै सार्वजनीक गरिने जनाईएको छ। मेलावाट आम्दानी भएको रकम मध्ये मन्दिर परिसर सरसफाई, चौसट्ट सफाई, मन्दिर भित्र परिसर सफाई, चौकिदारको तलव र मेला ब्यवस्थापनमा भएको खर्च रकम भुक्तानी गरिने जनाईएको छ।

बाकि रहेको रकम मेलौली धार्मिक सेवा समितिको बैंक खातामा जम्मा गरिने मेलौली धार्मिक सेवा समितिका अध्यक्ष जगदिश सिह नायकले बताउनुभयो।

मेललाई सभ्य भब्य र शान्तिपूर्वक सम्पन्न गर्नमा सहयोग गर्ने सबैलाई मेलौली धार्मिक सेवा समितिले धन्यवाद ज्ञापन गरेको छ। मेलौली भगवती मन्दिरलाई पर्यटकिय गन्तब्य बनाउनमा सबैले रचनात्मक सहयोग गरिदिन समेत आग्रह गरिएको छ।

देहिजाँतको रूपमा परिचित मेला हेर्न र देवताको दर्शन गर्न सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेश र छिमेकी देश भारतबाट समेत हजारौँको संख्यामा श्रद्धालु पुगेको जनाईएको छ। मेलामा सुदूरपश्चिमको जनजीवन झल्किने विभिन्न दृश्य, इष्टमित्र, साथीसंगी तथा परिवारजनमा वर्ष दिन अथवा अपूर्व भेटघाट तथा दुःख सुख साटासाट, यहाँको लोकप्रिय खाना माँडा देहिजाँतमा देख्न पाइन्छ।

स्थानीय लोपोन्मुख वस्तुको उत्पादनको बिक्री तथा प्रवर्धनका लागि पनि मेला प्रसिद्ध छ।

Leave A Reply

Your email address will not be published.