रुखवाट लडेर गम्भीर घाईते ठगुन्नाको उपचारमा आर्थीक समस्या, सहयोगको अपिल

बैतडी : डडेल्धुराको अजयमेरु गाउँपालिका–०६ कल्लाउँका मान बहादुर ठगुन्नाको उपचारमा आर्थीक समस्या भएको छ। कार्तिक १५ गते घर नजिकै रुखवाट लडेर खुट्टामा गम्भीर चोट लागेका ठगुन्नाको उपचारमा आर्थीक समस्या भएको उनका छोरा लक्ष्मण ठगुन्नाले बताउनुभयो।

हाल धनगढीको नोभा अस्पतालमा उपचार गराई रहेका ठगुन्नाको आर्थीक अवस्था कमजोर भएकाले सहयोग गरिदिन परिवारले आग्रह गर्नुभएको छ। आफुसगं भएको सबै पैसा सकिएको र उपचार अभै वाकि रहेकाले मनकारी व्यक्तिहरुलाई सहयोग गरिदिन परिवार अनुरोध गर्नुभएको छ।

ठगुन्नाको उपचारका लागि यतिबेला सामाजिक सञ्जालवाट आर्थीक संकलन अभियान समेत सञ्चालन गरिएको छ। अभियन्ता मोति सिह खड्काको नेतृत्वमा सामाजिक सञ्जालवाट आर्थीक संकलन अभियान सञ्चालन भएको छ।

अभियानमा जोडिएर ठगुन्नाको उपचारमा सकेको आर्थीक सहयोग गरिदिन अभियन्ता खड्काले अपिल गर्नुभएको छ। घरको आर्थीक अवस्था निकै कमजोर भएका ठगुन्नालाई उपचारमा सहजताको लागि सकेको सहयोग गरिदिन बिभिन्न दातृ निकाय र मनकारी व्यक्तिलाई परिवारले गुहार गर्नु भएको छ।
सहयोग गर्नका लागि नेपालवाट

Citizens Smart Bachat Khata महेन्द्रनगर शाखामा रहेको भुवन सिह खड्काको खाता नम्बर ०२३०१०००००२२९०४४ अथवा तलको यो क्यूआरमा सहयोग गरिदिनु होला।

भारतवाट सहयोग गर्नका लागि फोन पे नम्बर ७७१९५६६६०६ अथवा तलको यो क्यूआरमा सहयोग गरिदिनु होला।

Leave A Reply

Your email address will not be published.