दुर्गा माध्यमिक विद्यालय खलिगाडको ५८ औँ बार्षिकोत्सव सम्पन्न

बैतडी: दुर्गा माध्यमिक विद्यालयको ५८ औं वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न भएको छ । मेलौली नगरपालिका ५ मा अवस्थित दुर्गा माद्यमिक विद्यालयले मंगलबार आफ्नो ५८ औं बार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक सिंह पुजाराको अध्यक्षतामा तथा मेलौली नगरपालिकाका नगर प्रमुख भीम बहादुर चन्दको प्रमुख आतिथ्यमा कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा बिशिष्ट अतिथि मेलौली नगरपालिकाकी नगर उपप्रमुख पार्वती बोहरा विष्ट रहेकी थिईन।

कार्यक्रममा प्रमुख अतिथी नगर प्रमुख चन्दले विद्यालय प्रती अत्यन्तै माया र सद्भाव रहेकोे र जन्म दिने आमा, बुबा पछि माया पाउने तथा आँखा खोल्ने र शिक्षा/दीक्षा दिने क्षेत्रनै विद्यालय भएको बताउनुभयो ।सार्थै नगरपालिकाले शैक्षिक क्षेत्रलाई प्राथमिकता दिएर बजेट विनियोजन गर्नुुका साथै कार्यक्रम संचालन गरिरहेको समेत उनले बताउनुभयो।

नगर प्रमुख चन्दले विद्यालयको शैक्षिक र भौतिक पूर्वाधार विकासका लागि सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे।

यस्तै कार्यक्रमका विशिष्ट अतिथी मेलौली नगरपालिकाका उपप्रमुख विष्टले विद्यालयको ५८ औं बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा बोल्दैे बालबालिकालाई संस्कार ,संकृतिक जस्ता कुराहरु सिकाउदै बिधयार्थीलाई आज्ञाकारी होईन जिम्मेवारी हुन सिकाउनुपर्ने कुराको जोड दिदै विद्यालयको उत्तर प्रगतिको कामन सहित विद्यालयको बार्षिकोत्सवको अबसरमा शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो।

कार्यक्रममा दुर्गा माध्यमिक विद्यालयका प्रधानाध्यापक पदम राज जोशीले बिद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। विद्यालयको वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै प्रध्यानाध्यापक जोशीले शिक्षा समाजको ऐना हो, जीवन जीउने आधार हो र विकासको मेरुदण्ड भएको जानकारी दिनुभयो।

कार्यक्रममा विद्यालयको समग्र विकासका लागि महत्त्वपूर्ण योगदान र सहयोग गर्दै आउनु भएका व्यक्तिहरुलाई सम्मान साथै विद्यार्थीहरुको लगनशीलता र अनुशासनको मुल्यांकन गरि बर्ष भरिमा अध्यनमा रामो नतिजा ल्याउनेहरु विद्यार्थीहरु लाई पुरस्कार प्रदान गरिएको थियो। साथै विद्यार्थीहरुले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर वार्षिकोत्सब तथा अभिभावक दिवस मनाएको शिक्षक दिपक सिंह नेगीले जानकारी दिनुभयो।

कार्यक्रममा राजनितिक दलका व्यक्तित्व लगायत जनप्रतिनिधि, अभिभावक शिक्षक तथा बिद्यार्थीहरुको सहभागीता रहेको थियो।

Leave A Reply

Your email address will not be published.