बैतडीको मेलौली नगरपालिका –३ मा तालाबन्दी

बैतडीको मेलौली नगरपालिका वडा नं ३ को कार्यालयमा तालाबन्दी गरिएको छ । आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थापनाको विषयमा मंगलबार स्थानीयहरुले तालाबन्दी गरेका हुन् ।
स्वास्थ्य चौकी वडा कार्यालय रहेको ठाउँ मलेना मै बन्नु पर्ने मागसहित स्थानीयहरुले तालाबन्दी गरेका हुन् । आधारभूत स्वास्थ्य सेवा केन्द्र कुजागाड भन्ने स्थानमा लैजान लागेकाले आफुहरुले तालाबन्दी गरेको धन बहादुर चन्दले बताए ।  वडा नं ३ को कार्यालय र आधारभूत स्वास्थ्य सेवा केन्द्र स्थाबैतडीको मेलौली नगरपालिका –३ मा तालाबन्दीपना गर्नको लागि २०७५ सालमै जमिन दान दिएको र सोही ठाउँमा आधारभूत स्वास्थ्य सेवा केन्द्र बन्नुपर्ने उनले बताउनुभयो ।
वडामा हिजो नै ताला लगाएर गएको र अहिले आन्दोलनरत पक्षलाई बोलाएर छलफल गर्ने तयारी भइरहेको वडा अध्यक्ष गगन सिंह भाटले जानकारी दिनुभयो।
जिल्लामा रहेका ८४ वडा मध्ये मेलौली वडा नं ३ मात्रै स्वास्थ्य संस्था नभएको वडा हो । यही वडामा आधारभूत स्वास्थ्य सेवा केन्द्र बनाउने विषयमा विवाद रहेको छ ।

Leave A Reply

Your email address will not be published.