बैतडीको पञ्चेश्वरमा आज र भोलि सार्वजनिक बिदा

बैतडी-बैतडीको पञ्चेश्वरमा आज र भोलि सार्वजनिक बिदा दिएको छ।

गाउँपालिकाको वडा नम्बर–४ को धुरा कैलपाल मन्दिरमा जात्रा लाग्ने भएकाले आज (बिहीवार) र भोलि (शुक्रवार)सार्वजनिक बिदा दिएको गाउँपालिकाले जनाएको छ। धुरा कैलपाल मन्दिरमा लाग्ने जात्रामा स्थानीयहरुको उल्लेख्य र उल्लासमय सहभागिता रहने भएकाले पालिकाले दुईदिन सार्वजनिक बिदा दिएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए।

आज र भोलि गाउँपालिकाभित्रका सबै सरकारी तथा गैरसरकारी कार्यालय, शिक्षण संस्था, बैंक तथा बित्तीय संस्था लगायतमा सार्वजनिक बिदा रहेको उनले बताए। जात्रामा सहभागी हुने दर्शनार्थीहरुको सहजताका लागि बिजुलीबत्ती पनि जडान गरिएको धुरा मेला व्यवस्थापन समितिकी अध्यक्ष कमला चन्दले बताइन्। मेलालाई सभ्य र भव्य रुपमा सम्पन्न गर्नका लागि मेला लाग्ने क्षेत्रमा जुवातास तथा मदिरा निषेध गरिएको उनले बताइन्।

Leave A Reply

Your email address will not be published.