बैतडीमा प्रहरी र किशोरीबिच अन्तरक्रिया, कानुनी प्रक्रिया र प्रविधि सुरक्षाबारे जानकारी

बैतडीमा कानुनी प्रक्रिया र प्रविधि सुरक्षा सम्बन्धी अन्तरक्रिया गरिएको छ। लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तर्गत सोमबार पहिलो दिन प्रहरी र किशोरीबिच अन्तरक्रिया गरिएको हो।

दलित बिकास मञ्चको आयोजनामा लैंगिक हिंसा गरेमा हुन सक्ने सजाय लगायतका बारेमा किशोरीहरु संग छलफल तथा अन्तरक्रिया गरिएको संस्थाका अध्यक्ष सरस्वती नेपालीले जानकारी दिइन्। उक्त बिषयमा जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख मकेन्द्र मिश्रले सहजीकरण गरेका थिए।

यस्तै फेसबुक टिकटक लगायतका समाज संजाल मार्फत लैंगिक हिंसा र अपराधजन्य क्रियाकलप बढेकाले ति माध्यमबाट यसप्रकारका गतिबिधी गरेमा कानुनी कारवाहीबारेमा किशोरीहरुलाई जानकारी गराइएको उनले बताइन्। प्रबिधी र सुरक्षा सम्बन्धी नेपाल बारका अध्यक्ष हरि भट्टले सहजीकरण गरेका थिए।

Leave A Reply

Your email address will not be published.