बैतडीमा नेपाली कांग्रेसको सय दिने अभियान सञ्चालनमा

बैतडी-बैतडीमा नेपाली कांग्रेसको सय दिने अभियान सञ्चालानको क्रममा रहेको छ । सांगठनिक कामका लागि जिल्लामा कांग्रेसले सय दिने अभियान सञ्चालन गरिरहेको हो ।

१ असोजबाट सुरु भएको सांगठनिक विशेष अभियान जिल्लामा पनि सञ्चालन भइरहेको कांग्रेस बैतडीका कार्यबाहक सभापति बिर बहादुर बिष्टले जानकारी दिनुभयो ।

पार्टीका आन्तरिक क्रियाशील सदस्यस्यताका विषयमा काम हुने छन् भने कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि र पार्टीबीचको समन्वय बढाउनको लागि कार्यक्रमहरु सञ्चालन हुनेछन् । यसैगरी समसामयिक राजनितिक एजेण्डाहरुमाथि पनि पालिका र जिल्लास्तरमा वृहत छलफल हुने कार्यबाहक सभापति बिष्टले बताउनुभयो । जिल्लाका १० वटै पालिकामा अभियान कार्यक्रमका लागि अभियान संयोजक तोकिएको छ।

पञ्चेश्वरमा रमेश सिंह भण्डारी, शिवनाथमा दशरथ चाड, मेलौलीमा सेरीराम पार्की, पाटनमा विष्णु जोशी, सुर्नयामा जय बहादुर कुवँर, पुर्चौडीमा कर्ण बोहरा, डिलाशैनीमा कर्ण राना, सिगासमा तेज बहाुदर साउँद, दोगडाकेदारमा भानदेव भट्ट र दशरथचन्द नगरपालिकामा रमेश बोहरालाई अभियान संयोजक तोकिएको छ । यी संयोजकहरुले पालिकामा सांगठनिक सुदृढिकरण लगायतका कामहरु गर्ने छन् ।

नेपाली कांग्रेस केन्द्रिय समितिले यस अभियानको लागि बैतडीमा केन्द्रिय सदस्य एवं पर्यटन विभाग संयोजक आगेलु शेर्पालाई खटाएको छ ।

पार्टीको सबै तहका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तिव्रता दिने गरी अभियान सञ्चलनको क्रममा रहेको छ ।

Leave A Reply

Your email address will not be published.