बैतडीको पाटनमा बृहत योग विज्ञान शिविर हुँदै

बैतडीको पाटन नगरपालिकामा शनिबारदेखि बृहत योग विज्ञान शिविर सुरु हुने भएको छ। पाटन नगरपालिकाको सहयोग र पतन्जली योग साधना केन्द्र पाटनको आयोजनामा साप्ताहिक योग शिविर संचालन हुने भएको हो।

१५ गतेदेखी २१ गतेसम्म नगरपालिको खुल्ला मञ्चमा बिहान ६ः ३० देखी बृहत योग विज्ञान शिविरको आयोजना गरिएको योग साधना केन्द्र पाटनका कोषाध्यक्ष शंकर भट्टले बताए। नेपाल पतन्जली योगपिठका केन्द्रिय अध्यक्ष लगायतका राष्ट्रिय योग प्रशिक्षकद्धारा योग विज्ञान शिविरमा प्रशिक्षण गराइदिने पाटन नगरपालिकाका उपप्रमुख एवं पाटन पतन्जली योग साधना केन्द्रका अध्यक्ष कमल बोहरा अपीले बताए।

योग विज्ञान शिविरले शिक्षा, स्वास्थ्य, राजनितीक र सामाजिक क्षेत्रमा कार्यरत कर्मचारी तथा जनप्रतिनिधी र राजनितीज्ञहरुलाई प्रशिक्षक बनाउने उद्देश्य राखिएको नगर प्रमुख गौरी सिह रावलले बताए। यस शिविरमा सहभागि भएका साधकहरुले आफ्नो कार्यक्षेत्रमा गएर योग अभ्यास कार्यक्रम गराउने नगर प्रमुख रावलले बताए।

जनप्रतिनिधि, निमावी र माविका शिक्षकहरु, स्वास्थ्य संस्थाका प्रतिनिधि, मनोसामाजिक कार्यकर्ता लगायतको सहभागितामा प्रशिक्षण कार्यक्रम हुने उनले बताए। योग विज्ञान शिविरको तयारी अन्तीम चरणमा पुगेको आयोजकले जनाएको छ।

दिमागलाई पनि स्वस्थ्य बनाउने वैज्ञानिक विधि योग हो। नगरका नागरिकको जीवन स्वस्थ्य रहोस् भन्ने उद्देश्यले सुरुवात गरेको बृहत योग शिविर अति उत्तम भएको उनको भनाइ छ।

Leave A Reply

Your email address will not be published.