दिपक राज दिर्घायु
फागुन ०३ मगंलबार,२०७८
बैतडी– मेलौलीमा कोरोना भाईरस खोप सम्बन्धि पालीका स्तरिय परामर्श बैठक सम्पन्न भएको छ । मगंलबार सम्पन्न भएको परामर्श बैठक कार्यक्रममा स्थानिय तहमा हाल सम्म भएका कोभिड १९ बिरुद्धको खोप अभियानको प्रगति, सञ्चालन प्रकृया र प्रतिबेदनको अवस्था बारे छलफल गरिएको छ ।
स्थानिय तहमा आगामि कोरोना भाईरस बिरुद्धको खोप अभियानहरुको द्रुतता रणनितिको बारेमा पनि छलफल गरिएको जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेश प्रशाद भट्टले बताए ।
कोभिड १९ बिरुद्धको खोप अभियान तथा पुर्ण खोप शुनिश्चिता गर्ने र स्थानिय तहमा कार्यरत सरोकार वालाहरुको भुमिका बारेमा पनि छलफल गरिएको भट्टले बताए ।
यस्तै परामर्श बैठकमा मेलौली नगरपालीकालाई चैत मसान्त सम्म पुर्ण कोभिड १९ खोप मुक्त पालीका घोषणा गर्ने कार्ययोेजना समेत बनाइएको मेलौली नगरपालीका स्वस्थ्य संयोजक नारायण बहादुर चन्दँले बताए ।
साथै हाल सम्म मेलौली नगरपालीकामा पहिलो मात्रा खोप लगाएका नागरिकको सख्या १३ हजार १ सय ४९ र दोस्रो मात्र खोप लगाएका नागरिकको सख्या ११ हजार १ सय ८० रहेको स्वस्थ्य संयोजक चन्दँले बताए ।
परामर्श बैठक मेलौली नगरपालीका नगर प्रमुख कृष्ण सिह नायकको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि मेलौली नगरपालीका नगर उप–प्रमुख कुमारी राधा,अतिथिमा स्वास्थ्य कार्यालय बैतडीका प्रमुख तथा बरिष्ठ जन स्वस्थ्य अधिकारी योगेश प्रशाद भट्ट, सुआहारा कार्यक्रम संयोजक प्रमुख नागेन्द्र सिह धामि र सुआहारा कार्यक्रम फिल्ड संयोजक आनन्दमणि भट्ट रहनु भएको थियो ।