बैतडी -बैतडीको पाटनमा आयल स्टोर सञ्चालनमा आएको छ । विशाल ट्रेडर्सले आयल स्टोर सञ्चालनमा ल्याएको हो ।
पाटन नगरपालिका वडा नं ६ को पाटन बजार नजिकै पाटन–पञ्चेश्वर सडकखण्डको उदयदेव मन्दिर नजिकै पहिलो पटक पेट्रोल पप्प (आयल स्टोर) सञ्चालनमा ल्याइएको हो ।
६–६ हजार लिटर क्षमताका दुई वटा ट्याङ्कहरु रहेको र यस आयल स्टोरबाट नियमित इन्धन उपलब्ध हुने स्टोरका सञ्चालक कृष्ण सिंह भट्टले जानकारी दिनुभयो ।
इन्धनजन्य सेवाको लागि २४सै घण्टा खुला रहने उनले बताउनुभयो । पाटन क्षेत्रमा पेट्रोल पम्प नहुदा ३० रुपैयदेखि ५० रुपैयासम्म महङ्गोमा खरिद गर्नुपर्ने बाध्यता थियो । आयल स्टोर सञ्चालनमा आएसँगै आयल निगमले तोकेकै दररेटमा इन्धन उपलब्ध हुने छ ।