बैतडीको मेलौलीमा युवा संघ विस्तार, अध्यक्षमा भाट् चयन

बैतडी। नेकपा एमालेको भातृ सङ्गठन युवा सङ्घ नेपालको मेलौली नगरकमिटीमा दिपक भाट निर्वाचित भएका छन। शनिवार नेकपा एमाले मेलौलीले आयोजना गरेको भेलाबाट भाट निर्वाचित भएको मेलौली नगर कमिटि अध्यक्ष भिम दत्त भट्टले बताउनुभयो।

यस्तै युवा सङ्घको सचिवमा पार्टिका युवा नेता केशव दत्त भट्ट निर्वाचित भएका छन। मेलौली नगर कमिटिले आयोजना गरेको भेलाबाट ११ सदस्यीय युवा सङ्घको नगर कमिटी निर्वाचित गरेको अध्यक्ष भट्टले बताएका छन।

युवालाई परिचालित गरेर मेलौलीमा पार्टी सङ्गठन बिस्तार गर्नमा टेवा पुग्ने जिल्ला कमिटी सदस्य तपेन्द्र बिष्टले बताउनुभयो। भेलामा बोल्दै युवाले कतिबद्ध भएर लागे नगर तथा समाज परिवर्तन गर्न सक्ने भन्दै युवा सङ्घले सकृय भएर लाग्नुपर्ने उनले बताए।

पार्टी तथा सरकारको नेतृत्व युवाले गर्न सके देश समाजले कोल्टो फेर्ने र अबको नेतृत्व हरेक तप्कामा युवाले लिनुपर्ने जिल्ला कमिटी सदस्य बिष्टले बताउनुभयो।

Leave A Reply

Your email address will not be published.