बैतडीको मेलौलीका सम्पर्क बिहीन बिष्ट डडेल्धुराको भागेश्वरमा भेटिए

बैतडी: मेलौली नगरपालिका–०८ कोटिगाँउ धरेराका सम्पर्क बिहीन प्रेम सिह बिष्ट डडेल्धुराको भागेश्वरमा सकुशल भेटिएका छन। शुक्रवार रातिदेखी सम्पर्क बिहीन भएका बिष्ट भागेश्वर गाउँपालिकाको पर्छेट्टामा भेटिएका छन।

आईतबार साझ पर्छेट्टाको आसपासमा लुगा फुकालेर हिड्दै गरेको अवस्थामा देखेपछी स्थानीयले परिवारलाई खबर गरेका थिए। शुक्रवार राति करिब २ बजेको समयमा घरबाट एक्कासी हिडेका बुवा फेला पर्नुभएको छोरा अशोक बिष्टले जानकारी दिनुभयो।

देवि देवताको कारण मन बहरीएर हिडेको बुझिएको छ। घरबाट हिडेदेखी उनलाई केहि याद र सम्झना नरहेको समेत पारिवारले बताउनुभयो।

Leave A Reply

Your email address will not be published.