जिल्ला सहकारी संघ बैतडीको पहिलो साधारणसभा सम्पन्न

बैतडी : जिल्ला सहकारी संघ बैतडीको पहिलो साधारणसभा सम्पन्न भएको छ। जिल्लाको पाटनमा शनिवार एक कार्यक्रमका साथ पहिलो साधारणसभा सम्पन्न भएको जिल्ला सहकारी सघं बैतडीका अध्यक्ष लोकमणी भट्टले बताउनुभयो।

जिल्ला सहकारी सघं बैतडीका अध्यक्ष लोकमणी भट्टको अध्यक्षता तथा पाटन नगरपालिका–०६ का वडाध्यक्ष राजेन्द्र सिह बिष्टको प्रमुख आतिथ्यमा साधारणसभा सम्पन्न भएको जनाईएको छ। साधारणसभामा जिल्ला सहकारी सघंका अध्यक्ष भट्टले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

साधारणसभामा जिल्लाका सहकारीको समिक्षा र आगामी वर्षको रणनितिका बारेमा छलफल गरिएको जनाईएको छ। यसैगरी आगामी आर्थीक वर्षको निति, कार्यक्रम र बजेट स्वकृत गरिएको सहकारी सघं बैतडीका अध्यक्ष भट्टले बताउनुभयो।

जिल्लाभरी करिब २ सयको हराहारीमा सहकारी भएपनि जिल्ला सहकारी संघमा २८ सहकारी संस्था आवद्ध रहेका छन। जिल्ला सहकारी सघंमा आवद्ध सहकारी संस्थाहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको जनाईएको छ।

साधारण सभामा जिल्लाका बिभिन्न सहकारी संस्थामा आवद्ध प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

Leave A Reply

Your email address will not be published.