बैतडीको सिगासमा यहि पुष २५ गतेदेखी राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता हुदैँ

बैतडी: सिगास गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता पुष २५ गतेदेखी सञ्चालन हुने भएको छ। ८ औँ पालिका स्तरीय राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिताका खेलहरु अर्जुन माविको खेलमैदान गाँजरीमा पुष २५ गतेदेखी २८ गते सम्म सञ्चालन हुने छन्।

सोमबार र मंगलबार १५ ओटा माध्यमिक विद्यालयका खेल शिक्षक र एक र एक जना छात्र छात्राहरुलाई दुई दिने प्रशिक्षण दिइएको सिगास गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेश प्रसाद भट्टले बताउनुभयो। पालिकाले सञ्चालन गर्ने खेलका बारेमा उनीहरुलाई आधारभुत कुराहरुमा प्रशिक्षण दिइएको उहाँको भनाई छ।

यो बर्षदेखी छात्रछात्रा दुबैतर्फ कबडीमा समेत भाग लिन लागेको शिक्षा शाखा प्रमुख भट्टले जानकारी दिनुभयो। जिल्ला खेलकुद बिकास समिति बैतडीका कार्यालय प्रमुख तर्कराज जोशी र एथलेटिक्स प्रशिक्षक शरद सिंह ठगुन्नाले प्रशिक्षण दिएका हुन्।

माघ २० गते पालिका स्तरीय राष्ट्रपति रनिङ् शिल्ड प्रतियोगिता गरिसक्नुपर्ने भएकाले गाउँपालिकाले विद्यालयहरुलाई आन्तरीक तयारीमा लाग्न समेत आग्रह गरिएको छ। पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा छात्रछात्रा भलिबल, छात्रछात्रा कबड्डी, छात्राछात्रा एथेलेटिक्स र छात्राछात्रा कराँते लगायतका खेलहरु सञ्चालन हुने छन्।

Leave A Reply

Your email address will not be published.