बैतडीमा बसाइँसरी जानेको संख्यामा बृद्धि भएको छ।
ढाई वर्षको अवधीमा बैतडीबाट बसाइँसरी आउने भन्दा बसाइँसरी जानेको संख्या ९ गुणाले बढिरहेको पाईएको छ। राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको ढाईवर्षको तथ्यांक हेर्ने हो भने बैतडीमा बसाइँसरी आउने भन्दा बसाइँसरी जानेको संख्यामा ९ गुणाले बृद्धि भएको पाइएको हो।
२०७९ बैशाख देखी २०८१ मंसिर मशान्त सम्मको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागक बैतडीको तथ्यांकमा बसाइँसराई आउनेको संख्या ४०१ देखिएको छ भने बसाइँसराई गरि जानेको संख्या ३ हजार ६४२ देखिएको छ।
दश वटा स्थानियतह मध्ये बसाइँसराई जानेमा गाउँपालिकामा सबै भन्दा वढि संख्या दोगडाकेदारबाट ५४४ र नगरपालिकामा दशरथचन्द नगरपालिकाबाट ७२१ रहेको छ। यस्तै सबैभन्दा कम गाउँपालिकामा पञ्चेश्वरबाट १९९ र नगरपालिकामा मेलौलीबाट २७९ बसाइँसराई गरि गएको तथ्यांकमा उल्लेख छ।
स्वास्थ्य र शिक्षाको लागि बसाइँसराई गरिजानेको संख्या बढिरहेको डिलासैनी गाउँपालिका राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण शाखा प्रमुख लोकेन्द्र प्रशाद जोशीले बताउनु भयो। स्वास्थ्य शिक्षाको राम्रो व्यवस्थापन गर्न सके बसाइँसराईलाई रोक्न सकिने प्रमुख जोशीको भनाई छ।
बसाइँसराई गरि छोडेको पहाडकोबाझोँ जमिनमा उत्पादन गर्ने किसानलाई उचित उनुदानको व्यवस्था गर्ने, उत्पादन भएको बस्तु बजारीकरण गर्ने, सामुदायिक विद्यालयमा पनि निजी विद्यालयकै जस्तै शिक्षा प्रदान गर्ने र स्थानिय सरकारले रोजगारीको व्यवस्था गर्न सके बढ्दो बसाइँसराईलाई रोक्न सकिने जिल्ला समुन्वय समिति बैतडीका प्रमुख खगेन्द सिह धामीले बताउनुभयो।