नेपाली कांग्रेस मेलौली ५ को वडा सभापतिमा चन्द चयन

बैतडी: नेपाली कांग्रेस मेलौली नगरपालिका–०५ को वडा सभापतिमा प्रेम बहादुर चन्द चयन भएका छन। हालसम्म कांग्रेसको वडा सभापति रहेका प्रमानन्द पन्तले पार्टि परित्याग गरेपछि रिक्त रहेको पदमा चन्दलाई चयन गरिएको छ।

आईतबार वडाका क्रियाशिल सदस्यहरुको बैठकले चन्दलाई सर्वसम्मत रुपमा वडा सभापतिमा चयन गरेको हो। नवनियुक्त चयन भएका सभापति चन्दले पार्टीको सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउने बताएका छन।

यसैगरी बैठकले क्रियाशिल सदस्यता नविकरण, वडाले गरिरहेका विकासका बारेमा छलफल र पार्टिका जनप्रतिनिहरुले पार्टिलेबि तिर्नुपर्ने निणर्य गरेको जनाईएको छ।

Leave A Reply

Your email address will not be published.