बैतडीको दशरथचन्दमा जेष्ठ नागरिक सम्मान कार्यक्रम सञ्चालन

बैतडी: जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने उद्देश्यले बैतडीको दशरथचन्द नगरपालिकाले जेष्ठ नागरिकहरुलाई सम्मान र सामग्री वितरण कार्यक्रम सञ्चालन गरिएको छ। नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाबाट जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने कार्यक्रम सञ्चालन गरिएको हो।

जेष्ठ नागरिकहरुलाई सम्मान गर्ने उद्देश्यले प्रत्येक वडामा पुगेर कार्यक्रम सञ्चालन भइरहेको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख लिला कुँवरले बताउनुभयो। नगर क्षेत्रभित्रका जेष्ठ नागरिकहरुलाई सम्मान र सामग्री वितरण कार्यक्रम सञ्चालन गरिएको छ।

दशरथचन्द नगरपालिका वडा नं ५ बाट शुरु गरिएको कार्यक्रम नगरका सबै वडामा सञ्चालन गरिने जनाएको छ।

जेष्ठ नागरिकहरुलाई फाइबर सिरक र थर्मस दिनुका साथै दोसल्ला ओढाएर सम्मान गर्ने गरिएको दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले बताउनुभयो। उहाँले भन्नुभयो,“ जेष्ठ नागरिकलाई स्थानीय सरकारको आभाष दिलाउनका लागि कार्यक्रम सञ्चालनमा ल्याएका हौैैं । गाउँमै पुगेर प्रत्येक वडाका जेष्ठ नागरिकहरुलाई सम्मान गरिरहेका छौं।”

वडाको जनसंख्या हेरर सानो वडामा ९ जना र ठूलो वडामा ११ जनालाई सम्मान गर्ने कार्यक्रम रहेको छ। ८५ वर्षमाथिका जेष्ठ नागरिक नभएका वडामा त्यो भन्दा कम उमेरका जेष्ठ नागरिकहरुलाई सम्मानका साथै सामग्री वितरण गरिने दशरथचन्द नगरपालिकाको महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख कुँवरले बताउनुभयो।

नगर सरकारकातर्फबाट जेष्ठ नागरिकलाई सम्मान गर्न र चिसोबाट बच्न यो कार्यक्रम सञ्चालन गरेको बताउँदै उपप्रमुख चन्दले आगामी दिनमा जेष्ठ नागरिकहरुका लागि थप कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो। उहाँले भन्नुभयो,“हामीले जेष्ठ नागरिकहरुलाई सम्मान गर्न र जेष्ठ नागरिकप्रति सम्मान संस्कृति बसाउन यो कार्यक्रम सञ्चालन गरेका हौं । आगामी दिनमा अन्य कार्यक्रम पनि सञ्चालन गर्छौ। ”

जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्र्तगत ११० जनालाई सम्मान गरिनेछ। जसमा दलित, गैरदलित, गरिब, विपन्न सबै समेटिने दशरथचन्द नगरपालिकाले जनाएको छ।

Leave A Reply

Your email address will not be published.