बैतडी-ईलाका प्रहरी त.स्व देहीले मेलौली नगरपालिकाका सबै सामुदायिक विद्यालयहरुमा पुगेर विद्यालय प्रहरी साझेदारी सचेतना कार्यक्रम सञ्चालन गरिरहेको छ। प्रहरीसंग विद्यालय साझेदारी कार्यक्रम पालिकाका रहेका सबै विद्यालयहरुमा सञ्चालन भईरहेको हो।
सोमबार मेलौली नगरपालिका २ स्थित केदारेश्वर मावि दुर्गास्थान र धर्मघर मावि सलेनामा विद्यालय प्रहरी साझेदार कार्यक्रम सम्पन्न भएको छ।

विद्यार्थीहरुलाई विद्यालयमै भेटेर बिभिन्न विषयमा जानकारी गराई रहेको ईलाका प्रहरी कार्यालय तस्व देहीका प्रहरी नायब निरिक्षक (सइ) नरेन्द्र बहादुर चन्दले बताउनुभयो ।
उनका अनुसार पालिकाका सबै स्थानीय तहमा रहेका विद्यालयका विद्यार्थीहरुलाई विद्यालयमै पुगेर जानकारी गराउने गरेको हो।

अपराध न्युनिकरणमा विद्यार्थीहरुको समेत महत्वपूर्ण भूमिका रहेको भन्दै कक्षा ५ देखि १२ सम्मका विद्यार्थीलाई आधारभुत सुरक्षा, ट्राफिक नियम, लागुऔषध,साईबर अपराध, बालविवाह,मानबेचबिखन लगायत विषयमा जानकारी गराउने गरेको उहँंले जानकारी दिनुभयो।
कार्यक्रम विद्यार्थीका लागि प्रभावकारी बनेको समेत अभिभावक र शिक्षकले बताएका छन।यसै गरि अहिले लागुपदार्थ दुव्र्यसनी र कुलतमा संलग्न र सधै मदिरा सेवन गर्नेहरुको लिस्ट तयार पारेर उनिहरुलाई सम्झाउने तथा निगरानीमा राख्ने काम गरिएको प्रहरी नायब निरिक्षक नरेन्द्र बहादुर चन्दले बताउनुभयो।

पञ्चेश्वर र शिवनाथ गाउँपालिकाका सबै मध्यमिक विद्यालयमा यस्ता सचेतना कक्षा मार्फत विद्यार्थीहरुलाई जानकारी गराईएको उहाको भनाई छ ।

उहाले भन्नुभयो ‘कानूनले नगर भनेका कुरा गर्नु भएन, समाजमा त्रास फैलाउने तथा विध्वसं गर्ने कुनै किसमका काम गर्नु भएन भन्ने हो ।’ यस्ता कार्यक्रम संचालनका लागि स्थानीय तहको साथ समेत आवश्यक भएको उहाँको भनाई छ ।
ग्रामिण समुदायमा समेत पछिल्लो समय विभिन्न बाहानमा युवाहरु कुलततर्फ फस्ने गरेका छन् ।जसको समाधानका लागि युवाहरुलाई सचेत गर्न जरुरी छ ।
