जयलक्ष्मी साना किसान कृषि सहकारीको ८ औँ साधारणसभा सम्पन्न

बैतडी : जयलक्ष्मी साना किसान कृषि सहकारी संस्थाको ८ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। बैतडीको शिवनाथ गाउँपालिका–०४ मा रहेको सो सहकारीको बुधवार एक कार्यक्रमका बिच ८ औँ वार्षिक साधारणसभा सम्पन्न भएको संस्थाका ब्यवस्थापक गम्भीर दयालले बताउनुभयो।

साधारणसभामा सहकारीका अध्यक्ष मदन सिह साउदले प्रतिवेदन र ब्यवस्थापक दयालले आर्थीक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। साधारणसभामा सहकारीको समिक्षा र आगामी वर्षको रणनितिका बारेमा समेत छलफल गरिएको संस्थाका ब्यवस्थापक दयालले बताउनुभयो।

साधारण सभामा संस्थामा आवद्ध प्रतिनिधिहरुको सहभागिता रहेको थियो। सहकारी संस्थाका अध्यक्ष साउदको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष सकुन्तोला साउदको प्रमुख आतिथ्यमा साधारणसभा सञ्चालन गरिएको थियो।

यसैगरी कार्यक्रममा शिवनाथ गाउँपालिका प्रवक्ता एवं वडा नं. ५ का वडाध्यक्ष केशव बहादुर चन्द र जिल्ला सहकारी सघं बैतडीका अध्यक्ष लोकमणी भट्ट बिशिष्ट अतिथि रहनु भएको जनाईएको छ। सहकारीको पछिल्लो समयको अवस्था, नागरीकहरुका धारणमा पनि छलफल गरिएको जनाईएको छ।

Leave A Reply

Your email address will not be published.