बैतडी : दशरथचन्द नगरपालिकामा नेपाल राष्ट्रिय शिक्षक संगठनको तेस्रो अधिबेशन सम्पन्न भएको छ। बुधबार एक कार्यक्रमका बिच तेस्रो अधिबेशन सम्पन्न भएको जनाईएको छ।
अधिबेशनबाट नयाँ कार्य समिति चयन गरिएको छ। नवराज पाण्डेयको अध्यक्षतामा १९ सदस्यीय कार्य समिति चयन गरिएको छ।
यसैगरी संगठनको उपाध्यक्षमा तर्कराज भट्ट, महिला उपाध्यक्षमा प्रेमा बुढाएर श्रेष्ठ, सचिवमा रमेश भट्ट, कोषाध्यक्षमा मदन भट्ट, सहसचिवमा हरि प्रसाद जोशी सहित १९ सदस्यीय समिति चयन गरिएको जनाईएको छ।