मेलौली न्यूज
फागुन ०९ सोमबार,२०७८
बैतडी–पाटन नगरपालिका भित्रका बिद्यालयहरु मंगलबार बन्द हुने भएका छन । पाटन नगरपालिका ३ मा टिप्पर दुर्घटनामा परी तीन जना बिद्यार्थी सहित चार जनाको निधन भएको दुःखद घडीमा पाटन नगरक्षेत्रका सबै शिक्षणसस्थाहरु मगंलबार बन्द हुने भएका हुन।
शोक बिदाको रुपमा नगर क्षेत्रभित्रका बिद्यालयहरु बन्द रहने प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र प्रशाद भट्टले बताए ।
सोमबार अप्राहान्न चार बजेको समयमा पाटन नगरपालीका ३ झालीमालीमा टिप्पर दुर्घटना हुदा सिगास मावि गौरीशंकर पोखरीमा अध्यानरत ३ जना बिद्यार्थी सहित चार जनाको मृत्यु भएको थियो ।
कृष्ण बिष्ट