बैतडी : मेलौलीमा शिक्षकको क्षमता अभिवृद्धिका लागि पुनर्ताजगी तालिम सम्पन्न भएको छ। मणिलेक नमुना माध्यमिक विद्यालयको आयोजनामा तालिम सम्पन्न भएको प्रधानाध्यापक देवदत्त कलौनीले बताउनुभयो।
नमुना विद्यालय शैक्षिक तथा व्यवस्थापकीय सुधार अन्तर्गत तिनदिने तालिम सम्पन्न भएको जनाईएको छ। शैक्षिक गुणस्तरका लागि समय समयमा शिक्षक तालिम आवश्यक हुने भएकाले तालिमको आयोजना गरिएको प्रधानाध्यापक कलौनीले जानकारी दिनुभयो।
दक्ष शिक्षक मार्फत गुणस्तरिय शिक्षा प्रदान गर्न लागी यस्ता तालिमको आवश्यक पर्ने भएको सहभागि शिक्षकहरुको भनाई रहेको छ। आजको आवश्यकतालाई ख्याल गरी आधुनिकसगैँ प्रविधिपूर्ण शिक्षण पद्धति अबलम्बन गर्नु पर्ने र त्यसका लागि शिक्षक तालिमको अपरिहार्यता रहने कुरा तालिममा छलफल गरिएको जनाईएको छ।