कञ्चनपुरको गड्डाचौकीमा ८ लाखसहित एक जना पक्राउ

धनगढी-कञ्चनपुरको गड्डाचौकीमा ८ लाखसहित एक जना पक्राउ परेका छन। सशस्त्र प्रहरीले जिल्लाको भीमदत्त नगरपालिका–१० गड्डाचौकीबाट श्रोत नखुलेको ५ लाख भारतीय रुपैयाँसहित एक व्यक्तिलाई पक्राउ गरेको हो। भीमदत्त नगरपालिका–६ ऐठपुरका २८ वर्षीय नवराज जैशी ८ लाखसहित पक्राउ परेका हुन।

सशस्त्र प्रहरीले पुस १३ गते साँझ भारतबाट नेपालतर्फ आउँदै गरेका जैशीलाई चेकजाँचका क्रममा नियन्त्रणमा लिइएको हो। उनलाई चेकजाँच गर्दा ५ लाख भारतीय रुपैयाँ फेला परेको हो। पाँच सय दरका एक हजार नोट रहेको रकमको श्रोत खुलाउन नसकेपछि जैशीलाई पक्राउ गरिएको छ।

बरामद गरिएको रकमसहित पक्राउ परेका जैशीलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि कोहलपुरस्थित राजस्व अनुसन्धान कार्यालयमा पठाइएको छ।

Leave A Reply

Your email address will not be published.